खेलकुद

विश्वकप फुटबल : पहिलो हाफमा दुवै खेल गोलरहित बराबरीमा

By खबरहब

November 30, 2022

काठमाडौँ – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डीका अन्तिम खेल चलिरहेको छ । फ्रान्सले ट्युनिसिया तथा अष्ट्रेलियाले डेनमार्कसँग प्रतिस्पर्धा गरिरहेका छन् । दुवै खेलको पहिलो हाफ सकिँदा गोल हुन सकेको छैन ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रमणका अवसर सिर्जना गरेका छन् । तर गोल भने गर्न सकेका छैनन् । एजुकेशन सिटी स्टेडियममाफ्रान्स र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ। यसअघि नै नकआउट चरण पुगिसकेको फ्रान्सले केलियन एम्बाप्पे, उस्मान डेम्बेले, जिरुड, ग्रिजम्यान, रोबिट, जुलेस कुन्डे लगायतका खेलाडी बेन्चमा राखेको छ।

यता अल जनौव स्टेडियममा डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गरिरहेका छन् । यस खेलमा जित हासिल गर्ने टोली नकआउट चरणमा प्रवेश गर्ने दौडमा अघि रहनेछ । अष्ट्रेलियालाई जितले अघि बढ्न पर्याप्त छ भने डेनमार्क आफ्नो जितसँगै अर्को खेलको नतिजा कुर्नेछ ।