काठमाडौँ – राजधानी रियो द जेनरियोको ४ सय ८० किलोमिटर उत्तर ब्राजिलको स्पेरियो सान्टाको प्रान्तीय राजधानी भिक्टोरियामा भेटिएकी रायना सोउजालाई बस चढ्न डर लाग्छ। १४ वर्षको हुँदा उनी बसमा चढ्ने बित्तिकै अत्तालिएको देखेर अन्य यात्रु पनि आश्चर्यमा परेका थिए।
‘म जिन्दगी भरी मोटो रहेँ। मोटाइका बारे प्रतिक्रिया सुन्दा सुन्दा म आजित भएँ’ अर्की ब्राजिलियन महिला पनि ४ घण्टा बढी समय टनस्टाइलमा अड्किएकी थिइन्।
लामो समय त्यहाँ अड्किए पछि अग्नि नियन्त्रक नै आएर उनलाई त्यहाँबाट निकालेका थिए। केही यात्रुले उनलाई त्यहाँबाट निकाल्न पनि खोजेका थिए। केहीले भने उनको त्यो दृश्यलाई सामाजिक सञ्जालमा राखे।
सोउजाले यो समस्या बाल्यकालमा मात्र होइन, विश्वविद्यालयको विद्यार्थी हुँदा पनि बारम्बार त्यही समस्या भोगी रहेकी छिन्, जुन समस्या उनले बाल्यकालमा र उच्च माध्यमिक तहको विद्यार्थी हुँदा भोगी थिइन्।
‘म फाथोफोबिया’ को सिकार भएको थिएँ। सबै विद्यार्थी मिलेर ह्वाट्सएप समूह बनाउने गरेका थिएँ। त्यसमा मेरो फोटो राखेर उनीहरू मजाक बनाउन सुरु गर्थे,’ सोउजाले भनिन्।
ब्राजिलका श्रम क्षेत्रमा पछिल्लो समय १ हजार ४ सय खुला किसिमको मानिस छन्।
यी समस्याबाट पार पाउन उनले साथी कानुन व्यवसायी मारियना ओलिभियरासँग मिलेर अभियान चालेकी हुन्। उनले चलाएको अभियानको नाम ‘ फ्याट इन ल’ थियो। तौलका आधारमा कसैलाई भेदभाव गरे कारबाही हुने गरी कानुन नै तयार गर्नका लागि यो अभियान थियो।
अन्य देशमा जस्तै ब्राजिलमा पनि छरितो शरीर नै धेरैलाई मन पर्छ। तर, संसारका धेरै विकसित देशमा धेरै तौल समस्या बनेको छ। यो समस्या ब्राजिलमा नहुने त कुरै भएन। यो बढ्दो समस्यालाई लिएर सुरु भएको अभियानले अन्ततः ः कानुनकै स्वरूप पाएको छ। पछिल्लो समय शरीरको विभिन्न आकारको आधारमा हरेक स्थानमा भिन्न भिन्नै बस्ने स्थानको व्यवस्था समेत हुन थालेको छ।
ब्राजिलका श्रम क्षेत्रमा पछिल्लो समय १ हजार ४ सय खुला किसिमको मानिस छन्। फाथोफोबीयालाई त्यहाँ जघन्य अपराध मानिएको छैन। त्यसलाई तीन चरणमा वर्गीकरण गरिएको छ। ओलीभीयराकै अनुसार बलाबली,स्लाइन्डर र नैतिक ह्यारेसमेन्टको आधारमा वर्गीकरण गरिएको छ।
ब्राजिलमा एउटा घटना भएको थियो। एउटा महिलाले आफ्नो कामदारको शारिरिक बनावटका बारे कुरा गरेका कारण उनले धेरै रकम ती कामदारलाई बोनस स्वरूप तिर्नु परेको थियो। यसको टुङ्गो नै त्यहाँको अदालतले लगाएको थियो। धेरै जसो केशमा भने सामान्य जरिवाना तिर्ने गरिन्छ। एउटा सहरमा यो विधेयक पारिन भए पछि विद्यालयमा अहिले भएका भन्दा ठुला आकारमा डेस्कहरू राखिने भएका छन्।
ब्राजिलका महिलामा तौल घटाउने लहरलाई नै पछाडि धकेलेको आरोप लगाउनेको पनि कमी छैन।
रेकाइफ सहरकी काउन्सीलर सिडा पेड्रोसा यो परिवर्तन हुनुको मुख्य कारण हुन्। उनले धेरै विद्यार्थी बेन्चमा नअटाएका कारण समस्यामा परेको सुनको रहिछिन्। यसै कारण विद्यालयको डेस्क या बेन्चको आकारका बारे कानुनै बनाउन बल गरेकी रहिछिन्। उनले विधेयक पारित गराए पछि अहिले त्यस क्षेत्रमा हरेक विद्यालयका नयाँ र ठुला आकारमा बेन्च छन्।
उनी माथि ब्राजिलका महिलामा तौल घटाउने लहरलाई नै पछाडि धकेलेको आरोप लगाउनेको पनि कमी छैन। पेड्रोसाकै विचारमा उनी स्वास्थ्य हुनका लागि ठिक्क तौल हुनु पर्ने कुरामा सहमत छिन्। उनको कुरा के हो भने स्वास्थ्य हुनुका लागि शरीरमा अनावश्यक वजन हुन आवकस्य छैन।
साथमा धेरै बोसो रहेको शरीर स्वास्थ्यका लागि घातक हुन्छ नै। मोटोपनले ह्दयघातको जोखिम बढाउन सक्छ। यस कारण उनी पनि सबैलाई तौल नियन्त्रण गर्नका लागि सल्लाह दिन चाहन्छिन्। तर, यसैका नाममा भेदभाव भने जायज हुँदैन भन्ने मतका आधारमा उनले यो विधेयक पास गरेकी हुन्।
लामो समय देखि चिकित्सा क्षेत्रमा कार्यरत डा. लुसिया कोरडेरो सबै ब्राजिलियनमा यो विधेयक पास भए पनि वजनमा ध्यान दिन आग्रह गर्न चाहन्छिन्। उनको विचारमा धेरै तौल र मोटोपनका कारण कसैलाई निन्द्रामा समेत समस्या हुन सक्छ। यो समस्या बढ्दै गएमा यसले मधुमेह र क्यान्सर सृजना गराउने जोखिम समेत बढी हुन्छ।
सर्वेक्षण अनुसार यस्ता किसिमका भेदभाव आफ्नै घरमा समेत अत्यधिक हुने गरेको छ। काम गर्ने कार्यालय विद्यालयमा पनि यस्ता व्यवहार धेरै नै हुने गरेका छन्।
आखिर ती चिकित्सकको पनि एउटै छ। कसैको पनि मानहानि हुने या भेदभावको महसुस हुने ढङ्गको प्रस्तुति सहित समाजमा तौल नियन्त्रणको आवाज अगाडी बढाउन जरुरी छ।
गत वर्ष ब्राजिलमा एउटा सर्वेक्षण भएको थियो। यो सर्वेक्षण अनुसार मोटोपनलाई त्यहाँ अत्यन्त खिल्ली उडाउने गरिन्छ। काम तथा पेसागत क्षेत्रमा नै ६५.५ प्रतिशत यस किसिमको भेदभाव हुने गरेको यो खालका भेदभाव भेदभाव अस्पताल परिसरमा नै ६०.४ प्रतिशत हुने गरेको छ। यसै गरी कामदारको क्षेत्रमा ५०.७ प्रतिशत यस किसिमको भेदभाव हुने गरेको छ।
त्यहाँ गरिएका सर्वेक्षण अनुसार यस्ता किसिमका भेदभाव आफ्नै घरमा समेत अत्यधिक हुने गरेको छ। काम गर्ने कार्यालय विद्यालयमा पनि यस्ता व्यवहार धेरै नै हुने गरेका छन्।
संसारमै मानिसले रोजगार या कम पाउने सम्भावनाका बारे पनि केही संस्थाले अध्ययन गरेका छन्। सन् २०१९ मा पनि एउटा अध्ययन नभएको होइन। त्यस अध्ययन अनुसार अमेरिकामा पनि जातीय आधारमा कामको अवसर भर पर्ने रहेछ।
त्यहाँ १९ प्रतिशत अफ्रो अमेरिकी तथा आदिवासी १६ देखि २४ वर्षका उमेर समूहका व्यक्तिमा बेरोजगारी समस्या छ। यो समस्या श्वेतहरूमा १० प्रतिशत मात्र छ। शारिरिक अपांग त श्रम क्षेत्रमा पाउने अवसरको एउटा मुख्य कारण भई नै हाल्यो।
यो एउटा प्राकृतिक विषय हो। यसलाई स्वीकार गर्नुको विकल्प छैन भन्ने अहिले उनले स्वीकार गरी सकेकी छिन्।
अमेरिकामा गरिएको एक अध्ययन अनुसार त्यहाँ पनि मोटोपन सामाजिक भेदभावको कारण बनेको छ। त्यो पनि अत्यास लाग्दो किसिमको। बेलायतमा गरिएको एक अध्ययन अनुसार पनि मोटोपन बेरोजगारीको मात्र कारण भनेको छैन। तलबमानमा कमी भएको समेत देखिएको छ। यस कारण पछिल्लो समय बेलायतको निकाय पनि यसमा सचेत हुन थालेका छन्।
सामाजिक कारण तथा स्वास्थ्यका लागि मोटोपन घटाउन आवश्यक भए पनि कतिपयको सवालमा यो सहज देखिँदैन। कतिपयको कामको प्रकती नै कम श्रमे गरे पुग्ने पनि हुन्छ। वंशाणुगत गुण त यसको कारण भइनै हाल्यो।
बेलायतका अहिले मोटापनका कारण हुने भेदभावलाई कम गर्न कानुनी प्रक्रियाका माग बढेको छ। संसारका धेरै देशमा यसका बारे कुनै कानुन छैन। अपांग माथि हुने भेदभावलाई कम गर्न बनेको कानुनकै बलमा टेकेर धेरै मोटाहरूले कानुनी लडाइ लड्ने गरेका पनि छन।
हेर्दा सामान्य लाग्ने यो समस्या संसारका अहिले विकराल रूप धारण गरी सकेको छ। धेरैका पिडा जन्य कथाहरू यससँग मिसिएका छन्। बेलायतकै मेगन क्रायन फेब्सले पाँच वर्षको उमेरमा पहिलो दिन विद्यालय जाँदा नै साथी बनाउनुको साटो मोटो भएका कारण भएको व्यवहारको सामना गर्नु परेको थियो।
उनले आफ्नो मोटोपन हटाउन धेरै सुधार गरिन्। धेरै हदसम्म सुधार पनि भयो। यसका बाबजुद पूर्ण सुधार भएको छैन। यो एउटा प्राकृतिक विषय हो। यसलाई स्वीकार गर्नुको विकल्प छैन भन्ने अहिले उनले स्वीकार गरी सकेकी छिन्। उनका १० लाख भन्दा बढी इन्सटाग्राम फलोअर छन्।
मानिसको शारिरिक बनावटको आधारमा गरिने भेदभाव साँच्चै अपराध हो। मोटोपन मात्र होइन कनै पनि किसिमको शारिरिक बनावटको आधारमा हुने यस्ता भेदभावको अन्त्य हुने कानुन संसार नै आवश्यक छ।
(श्रोत : बीबीसी, यूथ फ्यचुर)