सांकेतिक तस्बिर

अपराध

अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने किशोर पक्राउ

By खबरहब

December 30, 2022

काठमाडौँ- सामाजिक सञ्जाल टेलीग्रामको च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका ७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी प्रेमिकाको बहानामा अनलाइनमा अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्वीरहरु सामाजिक सञ्जालका विभिन्न च्याट ग्रुपहरुमा आर्थिक लाभका लागि प्रसारण गर्ने गरेका थिए ।

महिला तथा नाबालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।