खेलकुद

प्रेमिका कुटपिट आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ

By खबरहब

January 31, 2022

काठमाडौं – म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप उनीमाथि लगाएको छ।

प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजूरी दिएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले भने आरोपमाथि अनुसन्धान सुरु भएको बताएको छ।

उनकी प्रेमिका रोब्सनले आफूमाथि आक्रमण गरेको भन्दै इस्टाग्राममा पोस्टसमेत गरेकी छन्। यो विषयममा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताइएको छ।

ग्रीनउडले आक्रमण गरेको भन्दै सार्वजनिक भएका तस्बिरमा रगत बगिरहेको र शरीरमा निलडाम देखिएको छ।

यस्तो आरोप लागेपछि युनाइटेडले ग्रीनउडलाई निलम्बन गरिसकेको छ।