समाचार

चिसो हावा र हुस्सुले जनजीवन कष्टकर

By खबरहब

January 31, 2022

उदयपुर – बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ ।

पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेका कारण उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो ।

केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सुले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकामा अत्याधिक चिसो बढेको हो ।

अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन मुस्किल भएको छ।

गाईवस्तु जंगल लैजानसमेत समस्या भइरहेको त्रियुगा नगरपालिका-३ चाँपका जीतबहादुर तामाङले बताए ।