खेलकुद

सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

By खबरहब

January 31, 2022

काठमाडौँ – सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेक‍ो छ।

आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेको हो । अर्को खेलमा इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजक क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगिसकेका छन् ।

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।