खेलकुद

इंग्ल्याण्डले चार बलमा चार विकेट गुमाएपछि..

By खबरहब

January 31, 2022

काठमाडौं – वेष्टइन्डिजले इङ्ल्याण्डलाई रोमान्चक खेलमा पराजित गर्दै पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ।

आइतबार राति ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभर लगातार चार बलमा चार विकेट गुमाएपछि वेष्टइन्डिजले सिरिज जितेको हो ।

इङ्ल्याण्डलाई रोक्न वेष्टइन्डिजका जासन होल्डरले ह्याट्रिसहित पाँच विकेट लिए । होल्डरले अन्तिम ओभरमा १९.२, १९.३, १९.४ र १९.५ मा चार विकेट लिए । उक्त खेलमा होल्डरले कुल ५ विकेट लिएका हुन । होसेनले ४ विकेट हात पारे भने ओडेन स्मिथले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। उसका लागि कप्तान किरन पोलार्डले ४१, रोभमान पोवेलले अभिजित ३५ रन बनाउँदा ब्राण्डन किङले ३४रन जोडे ।

इङ्ल्याण्डका लागि आदिल रासिद र लियाम लिभिङस्टोनले २–२ विकेट लिए।