रोचक/विचित्र संसार

आधुनिक कालका श्रवण कुमार : १२ घण्टा पिठ्युँमा बोकेर पितालाई खोप लगाउन लगे

By खबरहब

January 31, 2022

विश्वभर कोरोना महामारीको तेस्रो लहर चलिरहेको छ । जसका कारण मानिसहरू पुनः एक पटक घरबाट बाहिर निस्कन समेत भयभीत भएका छन् । यही बेला ब्राजिलका एक युवा भने विश्वभर चर्चामा छन् ।

ब्राजिलका ती युवकले आफ्ना पितालाई कोरोनाविरुद्धको खोप लगाउन ६ घण्टा पिठ्युँमा बोकेर खोप केन्द्र पुर्‍याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस तस्बिरमा युवकले पिताप्रति देखाएको स्नेहलाई विश्वभर प्रशंसा गरिएको छ । उनलाई धेरैले आधुनिक कालका श्रवण कुमारको उपाधि दिएका छन् ।

भाइरल तस्बिरमा देखिएका युवक २४ वर्षीय तावी हुन् । उनी आफ्नो परिवारका साथमा ब्राजिलको अमेजनमा बस्दै आएका छन् । उनले आफ्ना ६७ वर्षीय अशक्त पितालाई खोप लगाउन पिठ्युँमा बोकेर ६ घण्टा पैदल यात्रा गरेका थिए । खोप लगाएपछि पनि तावीले ६ घण्टा पितालाई पिठ्युँमा बोकेर घर फर्किएका थिए ।

तस्बिर जनवरी १ मा डा. एरिक जेनिंग्स सिमोसले खिचेका थिए ।