प्रेरक

छोरीको बिदाइ : एक प्रेरक प्रसङ्ग

By खबरहब

January 31, 2022

एक पटक तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्रप्रसादकी छोरी भेट्नको लागि राष्ट्रपति भवनमा आइन् । उनीसँगै उनको छोरा पनि थियो ।

केही क्षणमा राष्ट्रपति भवनमा आफ्ना आमाबुवासँग बसेपछि जब उनी विदा हुन लागिन् तब बाबु राजेन्द्रप्रसादले आफ्नो नातिलाई एक रुपैयाँ दिए ।

हजुरबुवाको यो उपहारले राजेन्द्रप्रसादकी पत्नीलाई आश्चर्य लाग्यो । उनले सोधिन्- तपाईं यति ठूलो पदमा हुनुहुन्छ र पनि आफ्नो नातिलाई केवल यो तुच्छ उपहार दिइरहनु भएको छ ।

पत्नीको कुरा सुनेर राजेन्द्रले बडो सहज भावमा भने, मैले त यसलाई एक रुपैयाँ दिएँ, तर यो भारततिर जति बच्चा छन् ती यदि सबैलाई मैले एक एक रुपैयाँ दिएँ भने मेरो तलबले यो सब पुग्न सक्छ ?

उनको यो वाक्यले उनकी पत्नी निरुत्तर भइन् र छोरीले प्रशन्नतापूर्वक बिदा लिइन् ।

साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट