सांकेतिक तस्वीर ।

समाचार

कारमा सवार दुई युवा लागूऔषधसहित पक्राउ

By खबरहब

January 31, 2022

सर्लाही – प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्रेको छ ।

मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशोक लामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।

डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो ।