मनोरञ्जन

‘बर एन्ड बधु’मा आँचल बधु

By खबरहब

January 31, 2022

काठमाडौं–निर्देशक मिलन चाम्सले कमेडी र लभ स्टोरी कथामा तयार हुन लागेको फिल्म ‘बर एन्ड बधु’को निर्देशन गर्ने भएका छन् । फिल्मको छायांकन फागनको तेश्रो साताबाट सुरु हुनेछ ।

फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । उनी ‘बधु’को भूमिकामा हुनेछिन् । आँचल शर्माले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली फिल्म हो । उनले लकडाउनपछि साउथको फिल्म ‘हिटम्यान’मा अभिनय गरेकी थिइन् ।

एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका लागि अभिनेताको खोजी भइरहेको छ । फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ ।