समाचार

जनमतले निकाल्यो ‘गोरुगाडा’ जुलुस

By खबरहब

January 31, 2022

जनकपुरधाम– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले सोमबार गोरुगाडा जुलुस निकालेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरूले विभिन्न जिल्लामा गोरुगाडा जुलुस निकालेका हुन् । जनमत पार्टीले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएको छ ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि, आइतबार हलो जुलुस निकालेको जनमतले मंगलबार भैँसी जुलुस निकाल्ने जनाएको छ ।