राजनीति

नकारात्मक प्रचार मात्र गर्दा प्रदेशको प्रतिष्ठा गुम्छः मुख्यमन्त्री राउत

By खबरहब

January 31, 2022

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले गर्ने जनपक्षीय कार्यहरूलाई वाइपास गरी नकारात्मक प्रचारलाई बढाबा दिने काम भइरहेको गुसानो गरेका छन् ।

जनकपुरधाममा सोमबार प्रदेश आमसञ्चार प्राधिकरणले राष्ट्रिय समाचार समितिका सञ्चारकर्मीका लागि गरेको अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले सामाजिक रूपान्तरणका लागि गरेका जनपक्षीय कार्यहरूलाई वाइपास गर्दै नकारात्मक प्रचारप्रसार मात्र गर्नाले प्रदेशको प्रतिष्ठा गुम्ने भन्दै मुख्यमन्त्री राउतले त्यसतर्फ सचेत हुन सबैलाई आग्रह गरे । समाज परिवर्तनको जिम्मा जनप्रतिनिधिहरूको मात्र नरहेको भन्दै उनले सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले सञ्चारकर्मीहरूलाई निर्भीक भएर निष्पक्ष कलम चलाउनसमेत आग्रह गरे । कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शासक वर्गमा अझै केन्द्रिकृत मानसिकता कायम रहेकाले मधेस सरकारलाई काम गर्न समस्या हुने गरेको आरोप लगाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवसहितको सहभागिता थियो ।