समाचार

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

By खबरहब

January 31, 2022

काठमाडौँ– नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।