क्रिकेट

आईपीएल : केलकत्तालाई पराजित गर्दै बैंगलोर विजयी

By खबरहब

March 31, 2022

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गरेको छ।

बुधबार राति भएको खेलमा कोलकत्तालाई बैंगलोरले ३ विकेट हराएको हो।

कोलकत्ताले दिएको १२९ रनको चुनौती बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो। बैंगलोरको जितमा शेर्फान रुथरफोर्डले सर्वाधिक २८ बनाए। शाहबाज अहमेद २७, डेभिड विलि १८ र विराट कोहलीले १२ बनाउँदा दिनेश कार्तिक १४ र हर्सल पटेल १० रनमा अविजित रहे।

कोलकत्ताका टिम साउथीले ३ र उमेश यादवले २ विकेट लिए। पहिले ब्याटिङ गरेको कोलकत्ता १८ ओभर ५ बलमा अलआउट भएको थियो।

कोलकत्ताका आन्द्रे रसेल २५, उमेश यादवले १८, साम विलिङ्स १४, कप्तान श्रेयस एयर १३, सुनिल नारिने १२ रन बनाए। बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए भने आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट हात पारे।

जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो। कोलकत्ताले पहिलो खेलमा चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो।