अन्तर्राष्ट्रिय

अध्ययनमा युद्धको असरः विद्यार्थी घर फर्कनुको पीडा

By मनोज घिमिरे

March 31, 2022

डेस्मन्ड चिनाजा माउकुन्डा, ३० वर्षीय नाइजेरियाका विद्यार्थी हुन्। युरोपमा अध्ययन गर्नका लागि ११ वर्षदेखि सञ्चित रकम खर्च गरेका उनले भर्खरै उक्त स्थान छाडेका छन्। उनले अध्ययन गर्न चाहेको अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनका लागि गरिबी बाधक बनेको थियो।

सन् २०१६ मा उनका अभिभावकले छोराको रहर पुरा गर्नका लागि खेती किसानी गर्दै आएको जग्गाको टुक्रा नै बेच्ने निर्णय गरे। गत वर्षको अन्त्यमा विश्व विद्यालयमा प्रवेश पाएका उनले युक्रेनमा तीन महिना बिताए। उनी त्यहाँ प्रवेश गरेको तीन महिनापछि रुसले पूर्ण रूपमा आक्रमण गरेको थियो।

सन् २०१६ मा अभिभावकले छोराको रहर पुरा गर्नका लागि खेती किसानी गर्दै आएको जग्गाको टुक्रा नै बेच्ने निर्णय गरे। गत वर्षको अन्त्यमा विश्व विद्यालयमा प्रवेश पाएका उनी त्यहाँ प्रवेश गरेको तीन महिनापछि रुसले पूर्ण रूपमा आक्रमण गरेको छ ।

अहिले जर्मनीमा शरण लिइरहेका उनी अभिभावकको सम्पूर्ण कुरा सकिएको तथा कुनै सहयोग गर्न नसकिने अवस्थामा रहेको बताउँछन्। उनको सरकारले तत्काल घर फर्कन त भनेको छ। तर, फर्केपछि के गर्ने भन्ने बारेमा कुनै योजना नै छैन।

अहिले युक्रेन छाडेका एवं आफ्नो भविष्य र अध्ययन नै अन्योलमा परेका १६ हजार अफ्रिकी विद्यार्थी मध्य माउकुन्डा एक हुन्। यसरी त्यहाँ छाड्ने विद्यार्थीका दर्दनाक कथा छन्। कतिपयलाई सीमा क्षेत्रमा जातीय दुर्व्यवहार गरिएका घटना पनि बाहिर आउन थालेका छन्।

युक्रेनबाट विस्थापित हुने विद्यार्थीका लागि संसार भरका विश्वविद्यालयले राहतका कार्यक्रम अगाडि ल्याइरहेका छन्। यसरी ल्याइएका कार्यक्रममा ट्युसन फिमा सहुलियत तथा सहज भिसा उपलब्ध गराउने कामसम्म हुन थालेका छन्।

अहिले जर्मनीमा शरण लिइरहेका उनी अभिभावकको सम्पूर्ण कुरा सकिएको तथा कुनै सहयोग गर्न नसकिने अवस्थामा रहेको बताउँछन्। उनको सरकारले तत्काल घर फर्कन त भनेको छ। तर, फर्केपछि के गर्ने भन्ने बारेमा कुनै योजना नै छैन।

अफ्रिकी देशहरूले पनि कूटनीतिक सम्बन्धमार्फत यो समस्या समाधान गर्न तत्परता देखाएका छन्। यसै क्रममा धेरै देशका विदेश मन्त्रीले युरोपेलीसँग समन्वय गर्दै आफ्नो नागरिकलाई अर्को देशमा प्रतिस्थापन गर्ने योजना सुरु गरेका छन्।

हंगेरीको समलवेल्स विश्वविद्यालयले चिकित्सा शास्त्रका विद्यार्थीलाई युद्धको समाप्ति नभएसम्म निःशुल्क पढाउने भएको छ। उक्त विश्वविद्यालयले गत साता मात्र २ हजार आवेदन प्राप्त भएको जनाउँदै यस मध्यको अधिक अफ्रिकी भएको जानकारी दिएको छ।

धेरै विद्यार्थी भने यो अभियान त्यत्ति सहज नहुने बताउँछन्। कति वर्षको कोर्स हो ? कति पुरा भएको छ र उनीहरू अब कत्ति रकम तिर्न तयार छन् भन्ने कुरामा नै यी सबै निर्भर रहने ती विद्यार्थी बताउँछन्।

युक्रेनबाट विस्थापित हुने विद्यार्थीका लागि संसार भरका विश्वविद्यालयले राहतका कार्यक्रम अगाडि ल्याइरहेका छन्। यसरी ल्याइएका कार्यक्रममा ट्युसन फिमा सहुलियत तथा सहज भिसा उपलब्ध गराउने कामसम्म हुन थालेका छन्।

अहिले घानाका चिकित्सा शास्त्रका विद्यार्थीले युनिभर्सिटी अफ हंगेरीमा २ सय ५० तथा युनिभर्सिटी अफ ग्रेनडामा २ सय जनाका लागि अध्ययनको मौका पाएका छन्।

माउकुन्डा भने कतिपय विश्वविद्यालयले युक्रेनी बाहेक अन्य देशका नागरिकको समस्यालाई ध्यान नै नदिएको गुनासो व्यक्त गर्छन्।

इस्टोनीयनाको तालीन विश्व विद्यालयले युक्रेनी नागरिक भए मात्र यसरी भर्ना लिने जनाएको माउकुन्डा बताउँछन्। सो विश्वविद्यालयले सत्रको बिचको समयमा पनि युक्रेनी नागरिकलाई छुट दिएको छ। अन्य देशका विद्यार्थीका लागि नियमित प्रक्रियामा मात्र भर्ना हुन सक्ने जनाएको छ।

युद्धका कारण अहिले धेरै जनाको शैक्षिक भविष्य अन्योलमा परेको छ । साथमा अन्य धेरै पीडा पनि छन्। घर जाऊँ सम्पत्ति बेचेर अध्ययनका लागि विदेशिएको पीडा छ। विदेशमै बसूँ अध्ययनका लागि कठिनाइ छ।

युद्धका कारण अहिले धेरै जनाको शैक्षिक भविष्य अन्योलमा परेको छ । साथमा अन्य धेरै पीडा पनि छन्। घर जाऊँ सम्पत्ति बेचेर अध्ययनका लागि विदेशिएको पीडा छ। विदेशमै बसूँ अध्ययनका लागि कठिनाइ छ।

धेरै जना सबै कुरा बिर्सिएर घर फर्कन पनि थाली सकेका छन्। नाइजेरियाले युक्रेनबाट आफ्ना १ हजार जना नागरिकलाई लगिसकेको छ। यस मध्यका धेरै जसो विद्यार्थी नै छन्। युद्धको घेराबन्दीमा परेको समी सहरमा लामो समय अल्झिएपछि २२ वर्षीय चिकित्सा शास्त्रका विद्यार्थी फेहीन्तोला मोसेस डामीलोला घर फर्किएका छन्। ओयो राज्यमा बसोबास गर्ने उनी सुरक्षित तवरले घर आइपुगेर आमा बुवासँग भेट्न पाएकोमा खुसी छन्।

पाँच वर्षमा पहिलो पटक घर आएका उनी दक्ष चिकित्सक बन्न एक सेमेस्टर मात्र बाँकी थियो। कोरोना महामारीकै कारण केही युक्रेनी विश्वविद्यालयले अनलाइन कक्षाका लागि संरचना तयार पारेका थिए। तीनै संरचनाका कारण अहिले पनि अनलाइन कक्षा सञ्चालन भएको छ। उनी पनि त्यसै अनलाइन कक्षा मार्फत अन्तिम सेमेस्टरको पढाइ सक्ने तरखरमा छन्।

युद्धको घेराबन्दीमा परेको समी सहरमा लामो समय अल्झिएपछि २२ वर्षीय चिकित्सा शास्त्रका विद्यार्थी फेहीन्तोला मोसेस डामीलोला घर फर्किएका छन्। ओयो राज्यमा बसोबास गर्ने उनी सुरक्षित तवरले घर आइपुगेर आमा बुवासँग भेट्न पाएकोमा खुसी छन्।

नाइजेरियाको कदुना प्रान्तका २२ वर्षीय फीरदाउसी मोहम्मद उस्मानले पनि अनलाइन कक्षा लिन सुरु गरिसकेकी छिन्। उनी खार्कीभको मेडिकल युनिभर्सिटीको पाँचौँ वर्षको विद्यार्थी हुन्। युक्रेनको पूर्वी सहर युद्धले अति प्रभावित क्षेत्र हो।

उनले प्राध्यापकले अनलाइनमार्फत नै प्राक्टीकल सेमिनार गराइ रहेको तथा यो उपयोगी भएको प्रतिक्रिया दिएकी छिन्। केही शिक्षक भने अनलाइन कक्षाकै लागि सुरक्षित स्थानको खोजीमा भौँतारिएका पनि छन्। यसै क्रममा केहीले युक्रेन छाडेका छन्। कोही भने बेसमेन्ट छाडेर माथि उक्लेर ज्यानको जोखिमसहित अनलाइन कक्षा लिइरहेका छन्।

‘उनीहरू हामीलाई छाड्न चाहँदैनन्। अहिले केही भइ हालेमा हामीसँग ट्रान्सक्रिप्ट पनि हुने छैन। यस कारण अहिलेको समयमा सुरक्षित भएको कक्षा लिनु नै उपयुक्त विकल्प हो,’ उस्मानले भनिन्।

केही शिक्षक भने अनलाइन कक्षाकै लागि सुरक्षित स्थानको खोजीमा भौँतारिएका पनि छन्। यसै क्रममा केहीले युक्रेन छाडेका छन्। कोही भने बेसमेन्ट छाडेर माथि उक्लेर ज्यानको जोखिमसहित अनलाइन कक्षा लिइरहेका छन्।

सुमी स्थित नाइजेरियन विद्यार्थी युनियनका प्रमुख डामीलोला उनी जस्ता अन्तिम वर्षका विद्यार्थीका लागि अनलाइन कक्षाको महत्त्वबारे प्रकाश पार्न चाहन्छन्। ‘यहाँ सहजै इन्टरनेट पाउन पनि कठिन छ। अन्तिम एक सेमेस्टर बाँकी रहेका कारण नयाँ विश्वविद्यालय खोज्न पनि कठिन भएको छ। नाइजेरियामा गएर डिग्री लिनु भनेको पनि अध्ययनको क्रममा पछाडि पर्नु हो।’

सरकारले व्यवस्थापन गरेको विमानमार्फत पोल्यान्ड पुगेका मार्सेल चिडेरा त्यही रहेर आफ्नो अध्ययनलाई निरन्तरता दिन चाहन्छन्। उनी मात्र होइन, एंगोला सरकारले उनी जस्ता धेरै नागरिकलाई देश फर्कनका लागि विमानको व्यवस्था नै गरेको छ।

‘अध्ययन पुरा नगरेर घर फर्कन उपयुक्त नलागेको कारण अहिले पोल्यान्डको राजधानीमा बसेर अध्ययन पुरा गर्ने तयारी गरेको हुँ,’ चिडेरा भन्छन्। चिडेरा युक्रेनमा रहँदा त्यहाँको भाषा सिकेका थिए। यसबाहेक कलेजको पढाइ सुरु गरेका थिएनन्। यसैले बिचमा छाड्नु नपरेकोमा उनी आफूलाई भाग्यमानी सम्झन्छन्।

पोल्यान्डमा धेरै जसो अङ्ग्रेजी भाषामा पढाइ हुन्छ। यस कारण विदेशीका लागि त्यहाँ अध्ययन गर्न कठिन त हुँदैन। तर, शुल्क भने अत्यन्त महँगो छ।

चिडेराले भने पोलिस विश्वविद्यालयमा डिस्काउन्टमा वित्तीय शास्त्रको अध्ययन गर्ने मौका पाएका छन्। उनी नाइजेरियामा रहेका आफ्ना परिवारका अन्य सदस्य भन्दा आफू सही अवस्थामा रहेको महसुस गरिरहेका छन्। नाइजेरियामा १४ फेब्रुअरीदेखि हडताल चली रहेको छ। ‘मेरा दाजु भाइ नाइजेरियामा अध्ययन गरिरहेका छन्। उनीहरूको कक्षा पनि नभएको धेरै भइ सकेको छ ’ उनले भने।

पोल्यान्डमा धेरै जसो अङ्ग्रेजी भाषामा पढाइ हुन्छ। यस कारण विदेशीका लागि त्यहाँ अध्ययन गर्न कठिन त हुँदैन। तर, शुल्क भने अत्यन्त महँगो छ।

स्थानीय एनजिओ र राष्ट्र सङ्घीय निकायका अनुसार कम लगानी, दक्ष जनशक्तिको अभाव र अनुसन्धानका लागि छुटाइएको कम खर्चमा कारण अफ्रिकामा उच्च शिक्षा त्यत्ति उपयुक्त मानिएको छैन।

संसारको विश्व विद्यालयको वरीयता क्रम अनुसार शीर्ष १५ सयमा अफ्रिकाका ६० वटा मात्र विश्वविद्यालय अटाएका छन्। अफ्रिकाका सबैभन्दा स्तरीय विश्व विद्यालय रहेका दक्षिण अफ्रिकाका विश्वविद्यालयले फर्कन चाहने विद्यार्थीका लागि पहल सुरु गरिसकेका छन्।

अफ्रिकाकै पायनीयर शिक्षण संस्थाको रूपमा परिचित युनिभर्सिटी अफ केप टाउनका भाइस चान्सलर डा. एमेफेला युवालाई गर्दै आएको सहयोगको तरिकामा पुर्न विचार गर्न यो एउटा महत्त्वपूर्ण अवसर भएको बताउँछन्।

अफ्रिकाका सबैभन्दा स्तरीय विश्व विद्यालय रहेका दक्षिण अफ्रिकाका विश्वविद्यालयले फर्कन चाहने विद्यार्थीका लागि पहल सुरु गरिसकेका छन्।

अहिले जाम्बीयाकी झोइ इनुटुले त्यही रहनका लागि पहल सुरु गरिसकेकी छिन्। आफ्नै महादेशमा अवसर खोजेकी उनी युद्ध सुरु हुँदा दक्षिण पूर्वी युक्रेनको झाम्पोरिझीयामा दुई वर्षदेखि पब्लिक रिलेसनको अध्ययन गरिरहेकी थिइन्। ‘मेरो ट्रान्सक्रिप्टसमेत युक्रेनमा अल्झिएको छ। यस कारण म नयाँ अध्ययन सुरु गर्छु होला,’ उनले भनिन्, ‘पढाइका लागि आफू सुरक्षित हुने जुनसुकै स्थानमा जान म तयार छु।’

युद्ध सुरु भए यताका धेरै दर्दनाक कथाको माझमा वर्षौँको सञ्चयलाई खर्च गरेर ठूलो सपनासहित विदेसिएको युवा लुरुक्क फर्कनु पर्दाको पीडा पनि कम्ती भने होइन। यस्ता पीडा अन्य महादेशका युवाको पनि पक्कै छ। एजेन्सीको सहयोगमा