सूचना-प्रविधि

विश्व इतिहासमा आज : ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला

By खबरहब

March 31, 2022

आज ३१ मार्च २०२२ । ३१ मार्चमा विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

ब्राजिलका सैनिक तानाशाह सन् १९६४ मा कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोको शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।

अमेरिकामा डीएसटी सुरु सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम (डीएसटी) सुरु भएको थियो । अमेरिकाका हवाई र एरिजोनाबाहेक धेरैजसो क्षेत्रहरूले वर्षमा दुई पटक घडीहरू परिवर्तन गर्छन् । डीएसटी पहिलो पटक प्रयोग गर्ने देश जर्मनी हो ।

इफेल टावर खुला सन् १८८९ मा फ्रान्सको इफेल टावर खुला गरिएको थियो । फ्रान्सेली इन्जिनियर अलेक्जेन्डर गुस्ताभले टावरको माथिबाट फ्रान्सेली झन्डा फहराएपछि टावर खुला गरिएको थियो । सोही समयदेखि नै उक्त टावर पेरिसको प्रतिष्ठित चिह्न बनेको छ ।