खेलकुद

घलेगाउँमा स्मार्ट भिलेज तेस्रो गोल्डकप-२०७९ हुने

By खबरहब

March 31, 2022

लमजुङ – नमुना पर्यटकीय घलेगाउँमा स्मार्ट भिलेज तेस्रो गोल्डकप-२०७९ हुने भएको छ । क्व्होलासोथर गाउँपालिका-३ स्थित उत्तरकन्या युनाइटेड युवा क्लबको आयोजनमा गोल्डकप फुलबल प्रतियोगिता हुने भएको हो ।

घलेगाउँको स्वर्ग भूमि रंगशालामा सञ्चालन हुने प्रतियोगिता नयाँ वर्ष अर्थात् आगामी १ वैशाखमा सुरु हुने आयोजक उत्तरकन्या युनाइटेड क्लबका अध्यक्ष बेलराम घलेले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार २ लाख र द्वितीय पुरस्कार नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्‍तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कार स्वरूप ७/७ हजार रुपैयाँ  प्रदान गरिने अध्यक्ष घलेले जानकारी दिए ।

१२ टिम सहभागीता रहने प्रतियोगितामा सहभागिताका लागि १ वैशाख बिहानसम्म टिम दर्ताका लागि समय तोकिएको खेल संयोजक गंगा घलेले बताए । उनका अनुसार टिम दर्ता शुल्क १२ हजार तोकिएको छ ।