फाइल फोटो

मनोरञ्जन

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि, ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा 

By खबरहब

March 31, 2022

काठमाडौँ – पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा आज सुरु हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष कोरोना महामारीको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएको महोत्सव यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।

निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । ‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान् भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर हो ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।