संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ । फाइल तस्बिर

राजनीति

ढङ्ग पुगेन भने गठबन्धनका दलले दुख पाउँछन् : नेम्वाङ

By खबरहब

March 31, 2022

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन्।

रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रममा बिहीबार नेम्वाङले नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै कुनै दलले बहुमत ल्याउन मुस्किल पर्ने बताए।

‘‘गठबन्धनका कुराहरु आउँछन्, यसबारे हाम्रो स्पष्ट दृष्टिकोण छ, अहिलेको संविधानले अंगालेको मिश्रित निर्वाचन प्रणालीअनुसार अपवादमा बहुमत आउँछ, नत्र भने कुनै दलले पनि स्पष्ट बहुमत ल्याउन सक्दैन तर ढङ्ग पुगेन भने सम्बन्धित दलले दुख पाउनुहुन्छ।’ उनले भने।

उनले प्रतिस्पर्धाका बाबजुद सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।