फाइल फोटो

राजनीति

भारत-चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध बनाउनुपर्छ : बाबुराम भट्टराई

By खबरहब

March 31, 2022

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार पूर्वप्रधानमन्त्री भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए दुर्घटनामा हुन सक्ने बताएका हुन् ।

नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले दाबी गरेका छन् । भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरूबिच सहमति हुनै पर्ने बताए ।

युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौँ,’ उनले भनेका छन्।