फाइल फोटो

राजनीति

गठबन्धनबाटै चुनाव लड्छौँ : प्रचण्ड

By खबरहब

March 31, 2022

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन लड्नेमा कुनै दुबिधा नरहेको बताएका छन् ।

बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ। आगामी निर्वाचनमा पनि गठबन्धनबाटै जाने भन्नेमा हामी प्रस्ट छौँ ।’

‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिब करिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुबिधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौँ ।’, उनले थपे, ‘आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रूपमा होस् । परिणामले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने छ ।’

उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अवलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए ।