फाइल फोटो

राजनीति

विगतको कार्यशैलीले अहिलेको समस्याको समाधान गर्न सकिँदैन : झलनाथ खनाल

By खबरहब

March 31, 2022

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताएका हुन् ।

लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको उनले बताए ।

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आमजनतासामु रहेको उनले सुनाए । नेपाली समाजलाई स्थायित्वतिर लैजानुपर्नेमा जोड दिँदै खनालले संविधानको रक्षा र उपलब्धिको रक्षाको जिम्मेवारी दलहरूमा रहेको बताए ।

त्यस क्रममा खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना पनि गरे ।