सांकेतिक तस्बिर

समाचार

अछाममा ट्र्याक्टर पल्टिंदा चालकको मृत्यु 

By खबरहब

March 31, 2022

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा ट्र्याक्टर पल्टिएर च्यापिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी २४ वर्षीय भूपेन्द्र शाही रहेका छन् ।

ट्र्याक्टरले च्यापिएका शाहीलाई जेसीबीको मद्दतले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको बुधबार राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटीतर्फ जाँदै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पौने ८ बजे पल्टिएको थियो ।