आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

By खबरहब

March 31, 2022

काठमाडौँ – सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।