बलिउड/हलिउड

शाहिदको जोडी डायना

By खबरहब

March 31, 2022

काठमाडौँ- बलिउडमा पछिल्लो समय अभिनेता शाहिद कपूरको क्रेज फर्काउने फिल्म हो ’कबिर सिंह’ । शहिदको ढल्दो करियरलाई फिल्मले लयमा ल्यायो । त्यसपछि शाहिदले रोजेको अर्को फिल्म हो ’जर्सी’ । यो फिल्म यहिँ अप्रिलमा रिलिज हुँदैछ । यिनै शाहिदले अलि अब्बास जफरको निर्देशनमा बन्ने फिल्ममा समेत काम गर्दैछन् । पछिल्लो समय सोसल ड्रामाका फिल्म गरिरहेका शाहिदले अलिसँग एक्सन फिल्मका लागि तयारी थालेका छन् ।

सोही फिल्ममा एक्ट्रेस समेत फाइनल भएकी छिन् । सो अन टाइटल फिल्ममा शाहिदको जोडी बन्नेछिन् डायना पेन्टी । भारतीय मिडियाले शाहिदसँग फिल्ममा काम गर्न डायनाले सम्झौता गरिसकेको उल्लेख गरेका छन् । यो जोडीले पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । शाहिद अभिनित जर्सीको सफलतासँग पनि उनको आउँदो फिल्महरु जोडिएका छन् । साउथ इन्डियन फिल्म ’जर्सी’ कै रिमेक रहेकाले पनि फिल्मलाई लिएर शाहिद विश्वस्त छन् ।

कबिर सिंहको सफलता पश्चात उनले रिमेकमा काम नगर्ने योजना बनाएका थिए । यद्दपि फिल्म ’जर्सी’ हेरेपछि उनलाई कथा वस्तुले तान्यो । उनले फिल्मले गहिरो असर पारेकाले पनि रिमेक गर्न बाध्य भएको बताएका छन् ।