सांकेतिक तस्वीर ।

अपराध

स्रोत नखुलेको ७ लाख ९१ हजार रुपैयाँसहित एक जना पक्राउ

By खबरहब

March 31, 2022

महोत्तरी – सम्सी गाउँपालिका–६ भेडपुर चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९१ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही नगरपालिका–५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दास छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।