तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

नेदरल्याण्ड्समा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु 

By खबरहब

March 31, 2022

काठमाडौं– नेदरल्याण्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनल्ड्स रेस्टुरेन्टमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । ‘रेस्टुरेन्टमा भएका गोलीकाण्डको घटनामा दुई जनाको मृत्यु भएको छ’, डच प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ । 

डच टेलिभिजन च्यानल आरटीएल ओष्टले जनाएअनुसार रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो । गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतङ्कित बनेका थिए ।

गोली प्रहार गरेपछि बन्दुकधारी घटनास्थलबाट फरार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रहरीले बन्दुकधारीको उद्देश्यबारे केही खुलाएको छैन । साथै टर्किस मूलका भनिएका मृतकको पहिचान पनि सार्वजनिक गरिएको छैन ।