सांकेतिक तस्बिर

समाचार

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

By खबरहब

March 31, 2022

काठमाडौँ- नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन् ।

ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुरस्थित सरकारी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकसहित चालक इलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।