अपराध

सेतोपुल नजिकैको फोहोरमा मृत शिशुको शव फेला

By खबरहब

March 31, 2022

काठमाडौँ- काठमाडौँको धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ ।

सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रातो कपडाले छोपिएको अवस्थामा स्थानीयले बिहान शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।