तस्बिर: एन्फा

खेलकुद

बी डिभिजन लिगमा खुमलटारको पाँचौं जित

By खबरहब

March 31, 2022

काठमाडौँ- शहिद स्मारक बी डिभिजन लिगमा खुमलटारको युथ क्लबले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार बिहान भएको खेलमा खुमलटारले श्री भगवतीलाई ४–२ को गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारको जितमा दिवस चन्ट्यालले २ तथा सुरोज बस्नेत र प्रशन्न श्रेष्ठले १–१ गोल गरे भने श्री भगवतीका लागि सन्तोष केसी र राजु गुरुङले १–१ गोल फर्काए ।