सांकेतिक तस्बिर

समाचार

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

By खबरहब

March 31, 2022

वीरगञ्ज – पर्सामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी छन् ।

घाइते हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय जदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवा प्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेका छन् ।

सुपेन र राउतको वीरगञ्जको पानीटंकीस्थित न्यूरो अस्पतालमा र रोजदिनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको थापाले बताए । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने उनले बताए ।