तस्वीर- सिन्ह्वा

अन्तर्राष्ट्रिय

चीनमा दुर्घटनाग्रस्त विमानका ४० हजार टुक्रा फेला

By खबरहब

March 31, 2022

काठमाडौं–  दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । पत्रकार सम्मेलनका क्रममा   चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले यस्तो जानाकारी दिएका हुन् ।

भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको उनको भनाइ छ । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म खोजिएको जनाइएको छ ।

खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको उनले बताए ।

दक्षिणी चीनको युनान प्रान्तको राजधानी कुन्मिङबाट ग्वाङडोङ प्रान्तको ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान गुआङ्सीको टेङसिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १२३ जनाको मृत्यु भएको थियो ।