बैंक/वित्त

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

By खबरहब

March 31, 2022

काठमाडौँ– लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आइसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका हुन् ।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथै दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने भएको छ ।

साथै यो सम्झौताले दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालनलगायत विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।