तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

खैबर पख्तुनख्वामा बेपत्तामध्ये दुई तिहाइ अझै घर फिरेनन्

By खबरहब

March 31, 2022

काठमाडौं– सन् २०११ यता पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तबाट बेपत्ता धेरै मानिसहरु अझै फेला परेका छैनन् । त्यसयता बेपत्ता भएका केबल एक तीहाईमात्र घर फर्किएको पाकिस्तानबाट प्रकाशित हुने इस्लामखबर अनलाइनले जनाएको छ ।

जबरजस्ती बेपत्ता पारिएका मािनसहरुको छानबिनका लागि गठित आयोगले सन् २०११ यता सो प्रान्तबाट ८ हजार ४ सय ६३ जना बेपत्ता भएकोमा केबल ३ हजार २ सय ८४ जनामात्रै घर फर्केको जानकारी दिएको छ । इस्लामावाद उच्च अदालतमा आयोगले यस्तो तथ्यांक प्रस्तुत गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

मार्च २०११ देखि फेब्रुअरी २०२२ सम्म जबरजस्ती बेपत्ता पारिएको भन्दै ८ हजार ४ सय ६३ उजुरी परेपनि केबल ३ हजार २ सय ८४ जना मात्र घर फर्केको सूचना मिलेको जनाइएको छ । हराइरहेका ६ हजार २ सय १४ मध्ये २ हजार २ सय ४९ जनाको बारेमा अझ अनुसन्धान भइरहेको जनाइएको छ ।

अतिवादी समूहको बाक्लो उपस्थित रहेको खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी सेनाको कारवाहीका क्रममा धेरै मानिसहरुलाई बेपत्ता पार्ने गरिएको आरोप लाग्दै आएको छ ।