क्रिकेट

महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

By खबरहब

March 31, 2022

काठमाडौँ- आईसीसी महिला विश्व कप क्रिकेटको उपाधीका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् ।

न्यूजिल्याण्डको क्राईस्ट चर्चमा बिहिबार भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गरेसँगै फाईनलमा प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रन बनायो । उसका लागि ड्यानी व्याटले १ सय २९ रन र सोफिया डंकलेले ६० रन जोडिनन् ।

२ सय ९४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ३८ ओभरमा समेटिंदा मात्र १ सय ५६ रन बनायो । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न सोफी एक्लेस्टोनले ६ विकेट र अन्या श्रबसोलले २ विकेट लिए ।

यसअघि भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १ सय ५७ रनले पराजित गरेर फाईनल पुगेको हो । उपाधीका लागि अष्ट्रेलिया र इङ्ल्याण्ड चैत ३ गते भिड्नेछन् ।