फाइल तस्वीर

राजनीति

नेपालमा एमसीसी लागू नहुने विप्लवको दाबी

By खबरहब

March 31, 2022

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राखे। नेपालबाट साम्राज्यबादको हस्तक्षेप रोक्नुपर्ने उनको भनाइ छ । उनले नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पूँजीबादी सत्ताका कारण समस्या पैदा भएको धारणा राखे। दलाल पूँजीबादी सत्ताले नेपाली जनतालाई लुछिरहेको उनले बताए ।

उनले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेटनुपर्ने तर्क गरे।