सांकेतिक तस्बिर

अपराध

सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने एक जना पक्राउ

By खबरहब

March 31, 2022

सोलुखुम्बु- खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेका छन् । उनलाई ३७ वर्षीया आफ्नै श्रीमती मनिला राईको हत्या गरेको आरोपमा प्रहरीले बुधबार राती पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।