फाइल फोटो

समाचार

पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू

By खबरहब

May 31, 2022

काठमाडौँ–  पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुचारु गरिएको छ । आज बिहान हवाईजहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर विमानस्थलमा पल्टिँदा प्रभावित बनेको उडान पुनः सुरु भएको हो ।

आयल निगमको डिपोबाट हवाईजहाजमा तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएपछि केही घण्टा लागि सबै उडान प्रभावित बनेको थियो । त्यसक्रममा विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर हटाउने काम भएको थियो ।

अहिले क्रेनको मद्दतमा ट्याङ्करलाई विमानस्थलबाट हटाइएको र पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन भएको प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।