सांकेतिक तस्बिर

अपराध

पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

By खबरहब

May 31, 2022

कास्की– पोखरा महानगरपालिका–४ चिप्लेढुंगास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दीपक गुरुङ लगायत छन् । उनीहरूलाई सोमबार राती पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।