तस्वीर- गेटी इमेज

खेलकुद

मारिन चिलिचसँग पराजित हुँदै डानिल मेद्भेदेभ फ्रेन्च ओपन टेनिसबाट बाहिरिए

By खबरहब

May 31, 2022

काठमाडौँ- विश्व वरीयतामा दोस्रो स्थानमा रहेका डानिल मेद्भेदेभ फ्रेन्च ओपन टेनिसबाट बाहिरिएका छन् । रुसका २६ वर्षीय मेद्भेदेभ क्रोयसियन खेलाडी मारिन चिलिचसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।

वर्षको दोस्रो ग्रान्डस्लाममा ३३ वर्षीय चिलिचले मेद्भेदेभलाई ६–२ ६–३ ६–२ को सेटमा हराए । मेद्भेदेभ र चिलिचबीचको खेल एक घन्टा ४५ मिनेटमा सकिएको थियो ।

चिलिचले अब फ्रेन्च ओपनको क्वार्टरफाइनलमा बुधबार वरीयताको पाँचौं स्थानका एन्ड्री रुभलेकसँग खेल्नेछन् ।