फाइल तस्वीर- दुनियाँ न्युज पाकिस्तान

अन्तर्राष्ट्रिय

पाकिस्तानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

By खबरहब

May 31, 2022

काठमाडौँ- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँची जाँदै गर्दा बाटोमा पल्टिएका कारण अरु १३ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेका सबैलाई स्थानीय  अस्पतालमा  लगिएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ ।

घाइते अधिकांश यात्रुहरू सिन्ध प्रान्तका विभिन्न शहर र देशको पूर्वी पञ्जाब प्रान्तका रहेको प्रहरीलाई उद्धृत गर्दै चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

मुख्यतया खराब सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू हुने गर्दछन् ।