तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

चीनको आर्थिक वृद्धिदर सुस्त बन्दै

By खबरहब

May 31, 2022

काठमाडौँ- कोरोना भाइरसका संक्रमित बढेसँगै चीनको सेवा तथा उत्पादन क्षेत्रको वृद्धिमा नकारात्मक असर परेको देखिएको छ ।

चीनको तथ्यांक ब्युरोले सार्वजनिक गरेको सूचकांक अनुसार मार्च महिनामा उत्पादनमूलक क्षेत्रमा चीनको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ४९.५ पुगेको छ । फेब्रुअरी महिनामा उत्पादनमूलक क्षेत्रको पीएमआई ५०.२ थियो ।

त्यस्तै, गैर उत्पादनमूलक क्षेत्रको पीएमआई भने मार्च महिनामा ४८.४ पुगेको जनाइएको छ । फेब्रुअरी महिनामा गैर उत्पादनमूलक क्षेत्रको पीएमआई ५१.६ रहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

५० भन्दा बढी पीएमआई सूचकांकले उक्त क्षेत्रको विस्तार भएको देखाउने तथा सोभन्दा कमले सङ्कुचन देखाउने बताइएको छ ।