फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए

By खबरहब

May 31, 2022

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) ले जनाएको छ ।

मारिनेमा २० वर्षे सिपाई जहुर खान र २३ वर्षे सिपाई रहिम गुल रहेको पाकिस्तानको एआरवाई न्युजले जनाएको छ ।

यसअघि यही महिनाको मध्यतिर अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी वजिरिस्तानमा आतंककारीले सैनिक लस्करमाथि सांघातिक हमला गर्दा ७ पाकिस्तानी सैनिक मारिएका थिए ।