फाइल तस्वीर

अन्तर्राष्ट्रिय

मोदीद्वारा १० करोड किसानलाई २१ हजार करोड भारू हस्तान्तरण

By खबरहब

May 31, 2022

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री किसान सम्मान निधि’ योजनाअन्तर्गत १० करोड भन्दा धेरै किसानहरूलाई भारु २१ हजार करोड हस्तान्तरण गरेका छन् ।

हिमाचल प्रदेशको शिमलामा आयोजित ‘गरिब कल्याण सम्मेलन’ का क्रममा उक्त रकम किसानलाई हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री मोदीले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गरेका थिए ।

उनले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया मागेका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार मुलुकका नागरिकको जीवनयापनमा सुधार ल्याउन सरकारी कार्यक्रमको पहुँच र वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले मे ३० मा केन्द्रमा आफ्नो आठ वर्ष पूरा गरेको छ ।