ब्रेकिङ स्टोरी

अब ४१ लाख ६८ हजारमा एमबिबिएस पढ्न पाइने

By खबरहब

May 31, 2022

काठमाडौं : अब एमबिबिएस पढ्न ४१ लाख रुपैयाँ लाग्ने भएको छ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८÷७९ का लागि चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसतर्फ काठमाडौँ उपत्यकाभित्रको शुल्क ४१ लाख ६८ हजार रुपैयाँ तोकेको हो ।

मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३ दशमलव ६ प्रतिशतले वृद्धि गर्दै एमबिबिएसका लागि ४१ लाख रुपैयाँ लाग्ने जनाएको हो । यसअघि एमबिबिएसको शुल्क ४० लाख रुपैयाँ थियो । यस्तै बिडिएस पढ्न अब २० लाख रुपैयाँ लाग्ने भएको छ ।

उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तैब बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको हो ।

बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकामा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।