फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

म्यानमारको याङ्गुन सहरमा बम विस्फोट, एकको मृत्यु, नौ घाइते

By रासस

May 31, 2022

काठमाडौँ-  म्यानमारको याङ्गुन सहरमा मङ्गलबार बम विस्फोट भएको छ ।  विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको । घटनामा अरू नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे याङ्गुन सहरमा विस्फोटन भएको प्रहरीको भनाइ छ ।

सहरमा रहेको बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको  प्रहरीले जनाएको छ ।