राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

By खबरहब

July 31, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो ३ बजे सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिएका छन्।

आजको बैठकमा स्थायी कमिटीलाई पूर्णता दिने र पोलिटब्युरो चयन गर्ने एजेन्डा तय गरिएको छ ।

साथै पदाधिकारी चयनका विषयमा पनि छलफल हुने सम्भावना छ। माओवादीले अहिलेसम्म स्थायी कमिटीलाई पनि पूर्णता दिन सकेको छैन।

आजको बैठकले जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने नेता गजुरेलले बताए।

संसदीय विशेष समितिले बजेट निमार्णका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप पुष्टि नभएको प्रतिवेदन बुझाएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि जिम्मेवारीमा पठाउने तयारी गरेको हो।