साङ्केतिक तस्बिर

समाचार

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

By खबरहब

July 31, 2022

काठमाडौँ – खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ : १४ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिए‍ ।

भूकम्पको धक्का खोटाङ, काठमाडौँसहित पूर्वी नेपालका धेरै ठाउँमा महसुस गरिएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।