समाचार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै प्रदर्शन 

By खबरहब

July 31, 2022

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्वन्द्व पीडित समुदायले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरी कानून बनाउनुपर्ने उनीहरूको माग छ ।

काठमाडौँको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरूले ऐन संशोधन प्रक्रियामा पीडितहरुसंग सार्थक परामर्श गर, दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरू खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नयाँ कानूनले आफूहरू थप पिडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरूको भनाइ छ ।